आज:  | Sat, 20, Apr, 2024

पोखरामा कोरोना भाईरसका कारण एक जनाको मूत्य : पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा इमर्जेन्सी बाहेकको सबै सेवा बन्द

२०७७, ११ असार बिहीबार ११:३८ मा प्रकाशित ( ३ साल अघि) २५४२१ पाठक संख्या

पोखरा ११ असार

पोखरामा कोरोना भाईरसका कारण एक जनाको मूत्यु भएको छ । यसैसँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मूत्यु हुनेको संख्या २ पुगेको छ ।

स्याङजाको सिरुवारीका ५५ बर्षिय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसियुमा उपचाररत क्रममा मृत्यु भएको छ ।

असार ८ गते कोरोना संक्रमण पुष्टि भएपछि आईसियुको भेन्टिलेटरमा राखी उपचाररत उनको १० गते राति ११ बजेर ३५ मिनेट जाँदा उपचारका क्रममा मृत्यु भएको निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा इमर्जेन्सी बाहेकको सबै सेवा बन्द

कोरोना संक्रमितको ज्यान गएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा इमर्जेन्सी बाहेकको सबै सेवा बन्द गर्ने भएको छ ।

 

एक दिनको लागि ओपीडी बन्द गर्न लागेको अस्पतालले जनाएको छ ।
कोरोना संक्रमित पुरुषको मृत्यु पछि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गर्ने अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए ।

खबर एक्सप्रेस