आज:  | Tue, 20, Feb, 2024

अख्तियारले निजी क्षेत्रमाथि कारबाही गर्न पाउने प्रावधान हटाउन राप्रपाको माग

२०७७, ११ असार बिहीबार १९:३८ मा प्रकाशित ( ३ साल अघि) ३१७७६ पाठक संख्या

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रमाथि कारबाही गर्न पाउने प्रावधान हटाउन सरकारसँग माग गरेको छ ।

आज राप्रपाका ३ जना अध्यक्ष पशुपती शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले कोरोना भाइरस संक्रमणको महामारीमा थला परेको निजी क्षेत्रलाई त्रशित बनाउने र मनोबललाई गिराउने काम गरेको भन्दै सरकारको यो कार्यको बिरोध गरेको छ । यो प्रावधानलाई हटाउन भन्दै विज्ञप्ति निकालेको छ ।

साथै किसानलाई समय मै मल उपलब्ध गराउन समेत सरकारसँग माग गरेको छ ।

 

खबर एक्सप्रेस