आज:  | Thu, 28, Mar, 2024

गर्भवती महिलालाई हेलिकप्टरबाट निःशुल्क उद्धार

२०७७, ११ असार बिहीबार २१:५० मा प्रकाशित ( ३ साल अघि) २५७६२ पाठक संख्या

धनगढी, असार ११ गते ।
अछामको तुर्माखाँद गाउँपालिकाकी एक गर्भवती महिलालाई हेलिकप्टरबाट निःशुल्क उद्धार गरी सुर्खेत ल्याइएको छ ।

दुई दिनदेखि सुत्केरी व्यथा लागेकी गर्भवती महिला तुर्माखाँद गाउँपालिका–३ भैरवस्थान निवासी १८ वर्षीया मनिसा उखेडालाई राष्ट्रिपति उद्धार कार्यक्रम मार्फत उद्धार गरिएको हो ।
बुधबारबाट सुत्केरी व्यथा लागेपछि स्थानीय स्वास्थ्य संस्थामा बच्चा जन्माउन नसकेपछि हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत ल्याईएको छ ।

बच्चा जन्माउन नसकेको अवस्थामा समय मै हवाई उद्धार भएकोले ति महिलाको जीवन सुरक्षित भएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिएका छन् ।
यसअघि दुई जना सुर्खेत र दुई जना नेपालगञ्जमा हवाई उद्धार गरिएका मध्येमा तीन महिलाले सहज रुपमा बच्चा जन्माएका थिए। रासस

खबर एक्सप्रेस