आज:  | Thu, 18, Apr, 2024

एक्कासी चितवनमा पुगेर नायक प्रदिपले किन रोपे बरपिपल

२०७७, १३ असार शनिबार १२:५८ मा प्रकाशित ( ३ साल अघि) ६५३४९ पाठक संख्या

नायक प्रदिप खडका चितवनमा बृक्षारोपण गरेका छन् ।

बिशेष कामले उपत्यका बाहिर गएका नायक प्रदिप खडका  निर्माता निर्देशक सन्तोष सेन,सामाजिक अभियन्ता चक्र बहादुर चन्दले चितवनको देवघाट क्षेत्रमा बृक्षारोपण गरेकाछन्

नायक प्रदिप खडकाले वातावरण संरक्षण कार्यमा आफुले सानो भूमिका निभाउन पाएकोमा खुशी ब्यक्त गरे ।

बरपिपल, कपुर लगाएतका बिरुवा बृक्षारोपण गरिएको थियो ।चितवनको देवघाट क्षेत्रमा बृक्षारोपण गर्ने कार्यक्रममा चितवन सफाइ अभियानका अभियन्ता आरती घिमिरेले सयोजन गरेकी थिईन् । चर्चित नायकलाई चितवनमा पाएर बृक्षारोपण गर्दा आफुहरु उत्साही भएको बताइन ।

 

खबर एक्सप्रेस