आज:  | Thu, 22, Feb, 2024

फेन्सी तथा रेडिमेट ब्यवसायी संघले भाडामा ५० प्रतिशत छुटको माग

२०७७, १४ असार आईतवार २०:१४ मा प्रकाशित ( ३ साल अघि) २०८०२ पाठक संख्या

सुदिप पौडेल
पोखरा १४ असार

फेन्सी तथा रेडिमेट ब्यवसायी संघ पोखराले घर भाडामा न्यूतम ५० प्रतिशत छुटको माग गरेको छ ।बिश्वव्यापी महामारीको रुपमा फैलीएको कोरोना भाइरस कोभिड १९ र निरन्तरताको लकडाउनले ब्यवसायमा परेको आर्थिक प्रभाबको कारणले समस्या भएको भन्दै उक्त माग गरेको हो ।


फेन्सी तथा रेडिमेट ब्यवसायी संघले एक बिज्ञप्ती जारी गर्दै लकडाउन अवधी भरको घर भाडामा न्यूतम ५० प्रतिशत छुटको लागि सर्पुण सटर धनिलाई अनुरोध गरेको छ । फेन्सी तथा रेडिमेट ब्यवसायी संघले ब्यवसायमा पर्न गएको समस्याको कारण आम्दानी प्राय सुन्य भएको हुदा यस अवधिको बैंक तथा बित्तिय संस्थाहरुलाई किस्ता बुझाउने भाखा थप गर्न र सो अवधिको ब्याजमा ५० प्रतिशत छुट माग समेत गरेको छ । लकडाउनको अबधिमा बहाल रकममा ५० प्रतिशत छुट दिन सर्पुण सटर धनिलाई संघले धन्यबाद दिएको छ ।

खबर एक्सप्रेस