आज:  | Sun, 18, Feb, 2024

पोखरामा पनि देखिए सलह

२०७७, १४ असार आईतवार २१:२३ मा प्रकाशित ( ३ साल अघि) १९३१४ पाठक संख्या

सुदिप पौडेल
पोखरा १४ असार

पोखराको महतगौंडा र नदिपुर लगाएतका ठाउँमा सलह किरा देखिएको छ । पोखराको केहि ठाउँमा सलह किरा देखिए पनि ठूलो संख्यामा भने नदेखिएको पोखरा महानगरका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । पोखराको केहि स्थानमा देखिए पछि स्थानीयले जानकारी दिएका थिए ।

के हो सलह ?

सलह फट्याङ्ग्रा प्रजातिको एक कीरा हो । अण्डाबाट निस्केपछि खान थाल्छ । खन्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका हरिया घाँसपातलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो काँचुली फेर्दै यो बयस्क बन्छ । जतिपटक काँचुली फेर्छ, त्यति ठूलो आकार लिन्छ ।

यसको नियन्त्रण कसरी गर्ने ?

हावाको दिशा अनुसार उड्ने सहललाई ठूलो आवाज बजाएर र धुवाँ पारेर उडाउन सकिन्छ। यो किरा रातको समयमा र चिसोमा उड्न नसक्ने हुँदा तेहि बेलामा पनि नियन्त्रण गर्न सकिन्छ ।

खबर एक्सप्रेस