आज:  | Tue, 20, Feb, 2024

भारतमा टिकटक सहित ५९ चिनियाँ एप्स बन्द

२०७७, १६ असार मंगलवार ००:१७ मा प्रकाशित ( ३ साल अघि) १०४७९ पाठक संख्या

छिमेकि देश भारतले चिनियाँ एप्स बन्द गर्ने भएको छ । भारतिय सञ्चारमाध्यमा अनुसार भारत सरकारले टिकटक सहित ५९ चिनियाँ एप्स बन्द गर्ने निर्णय गरेको हो ।

दुई देशबीच सीमा विवाद बढिरहेका वेला भारत सरकारले चिनियाँ एप्स बन्दको निर्णय गरेको हो । एप ‘भारतको सार्वभौमसत्ता र एकताका लागि हानिकारक हुने’ भन्दै भारत सरकारले प्रतिबन्ध गरेको हो।

सेयरइट, युसी ब्राउजर, बाइदु म्याप, हेलो, एमआई कम्युनिटी, युक्याम मेकअपजस्ता एप प्रतिबन्ध भएका हुन् ।

भारतमा चिनियाँ सामान प्रतिबन्ध लगाउनसमेत आवाज उठेको छ ।

खबर एक्सप्रेस