आज:  | Mon, 15, Apr, 2024

नायक प्रदिप र टिमको आरडीटी टेस्ट रिपोर्ट आयो

२०७७, १६ असार मंगलवार १२:३६ मा प्रकाशित ( ३ साल अघि) ८४८७९ पाठक संख्या

बाँके, असार १६ गते ।

नायक प्रदिप खडकाको आरडीटी टेस्टको रिपोर्ट नेगेटीभ आएको छ । उनीसँगै निर्माता / निर्देशक सन्तोष सेन र कार्यकारी निर्माता/सामाजिक अभियन्ता चक्र बहादुर चन्दको पनि आरडीटी टेस्टको रिपोर्ट पनि नेगेटीभ आएको छ ।

कोरोना संक्रमित बिभिन्न क्षेत्रहरुमा यो समुहले सकृय रुपमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु,सहयोग प्रदान गर्दै आएको थियो । संक्रमित क्षेत्रहरुमा गएको कारण कोरोना टेस्ट गरीएको बुझीएको छ ।

नेपाली कथानक चलचित्र प्रेमगित ३ कोरोना संक्रमणको कारण् रिलिज मिती स्थगन गरीएको थियो । अहिले यो समुह अर्को प्रोजेक्टको तयारीमा रहेको बुझीएको छ ।भने चलचित्र प्रेमगित३ स्थिती सामान्य भएसँगै दर्शक माझ प्रदशनमा ल्याउने तयारीमा यो समुह रहेको छ ।

खबर एक्सप्रेस