आज:  | Mon, 15, Apr, 2024

२२ जना सहसचिवले नियुक्ति पत्र बुझे

२०७७, १६ असार मंगलवार २२:३९ मा प्रकाशित ( ३ साल अघि) १७८५७ पाठक संख्या

काठमाडौँ असार १६ गते ।

लोक सेवा आयोगबाट सिफारिस २२ जना सहसचिवले नियुक्ति पत्र बुझेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट नियुक्त दिने निर्णय गरेसँगै ती सहसचिवहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नियुक्ति पत्र प्रदान गरेको हो ।

मन्त्रालयको अतिरिक्त समूहमा राखिएका नवनियुक्त सहसचिवहरूलाई मन्त्री हृदयेश त्रिपाठीले बधाई दिएका थिए । केही दिन भित्र उनीहरूलाई पदस्थापन गर्ने तयारीमा मन्त्रालय गरेको छ ।

खबर एक्सप्रेस