आज:  | Fri, 29, Mar, 2024

फेरी नेकपा एमाले पार्टी ?

२०७७, १७ असार बुधबार ०६:२८ मा प्रकाशित ( ३ साल अघि) १०२०० पाठक संख्या

काठमाडौँ असार १७ गते ।

नेकपा एमाले नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ।

झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि  निवेदन परेकोमा उक्त विषयबारे नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा छलफल समेत भएको छ।

नयाँ पार्टी नेकपा एमाले दर्ता गर्न निर्वाचन आयोगमा आवेदन परेपछी स्थायी कमिटी बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो पार्टी कसले, किन दर्ता गर्न लागेको हो? भनेर प्रधानमन्त्रीलाई सोधेको थिए । जबाफमा प्रधानमन्त्रीले कसैले दर्ताको निवेदन दिएको हुन सक्ने बताएका थिए ।

खबर एक्सप्रेस