आज:  | Thu, 22, Feb, 2024

नागरिकता विधेयक खारेजीको माग गर्दै काँग्रेसको प्रदर्शन

२०७७, १७ असार बुधबार ०६:४० मा प्रकाशित ( ३ साल अघि) १०४१७ पाठक संख्या

जनकपुर, असार १७ गते ।

सरकारले ल्याएको नागरिकता विधेयक खारेजीको माग गर्दै नेपाली काँग्रेसले सोमबार जनकपुरमा विरोध प्रदर्शन गरेको छ । सरकारको महिला विरोधी विभेदपूर्ण विधेयक विरुद्ध नेपाली कांग्रेसका जिल्ला सभापति महेश शंकर गिरीको नेतृत्वमा कांग्रेस पार्टी कार्यालयबाट विरोध र्याली भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभामा बोल्दै पार्टी सभापति गिरीले नेकपाको निर्णयले लैंगिक समानताको खिल्ली उडाएको आरोप लगाए । 

विदेशी महिलाले विवाह गरेर नेपाल आएको ७ वर्षपछि मात्र नागरिकता दिने निर्णय प्रति उनले असन्तुष्टि जनाए ।प्रदर्शनमा सहभागीहरुले बैबाहिक अंगीकृत नागरिकताको ७ वर्षे प्रावधान खारेज गर,महिलामाथिको विभेद अन्त्य गर,बेटीरोटीको सम्बन्ध बिगार्न पाइदैन्,मधेशीमाथिको अत्याचार बन्द गर लगायतका नारा लगाएका थिए ।

खबर एक्सप्रेस