आज:  | Fri, 29, Mar, 2024

दैलेखमा कार्यालय इन्चार्ज सहित तीन जना कर्मचारी अख्तियारको फन्दामा

२०७७, १७ असार बुधबार ०८:०८ मा प्रकाशित ( ३ साल अघि) ८९६० पाठक संख्या

सुर्खेत असार १७ गते ।

दैलेखका खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका ३ जना कर्मचारी पक्राउ परेका छन् । 

दैलेखका खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका कार्यालय इन्चार्ज इञ्जिनियर तपेन्द्र सुन्दर मल्लसहित तीन जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय दैलेखको हिरासतमा राखिएको बताइएको छ ।

अहिले आर्थिक वर्ष सकिनै लाग्दा योजना भुक्तानी गर्दा कर्मचारीले कमिसन खान थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी बढाएको छ ।

खबर एक्सप्रेस