आज:  | Fri, 14, Aug, 2020

प्रेमगित ३ का नायक, निर्माताले गरे फेवाताल सफाई फोटोफिचर

२०७७, १८ असार बिहीबार ०८:५४ मा प्रकाशित ( १ महिना अघि) ३८१३१ पाठक संख्या

काठमाडौं, असार १८ गते ।

प्रेमगित ३ का नायक प्रदिप खडका लगाएत टिमले आज पोखराको फेवाताल सफाइ गरेका छन् ।

सफाइमा निर्माता निर्देशक सन्तोष सेन, सामाजिक अभियन्ता एव कार्यकारी निर्माता चक्र बहादुर चन्दको सहभागिता रहेको थियो ।

यो टिम अहिले पश्चिम क्षेत्रका बिभिन्न स्थानमा गएर सामाजिक दुरी कायम राखी बिभिन्न सामाजिक कार्यमा समेत् संलग्न भएको थियो। यसअघी चितवनको देवघाट क्षेत्रमा बृक्षारोपण गरेको थियो ।भने सुर्खेत र नेपालगन्जमा बिभिन्न कार्यमा सहभागिता जनाएका थिए ।

यो टिमले जनचेतना जगाउने अभियान स्वरुप पोखराको फेवातालमा जलकुम्भी झार लगाएत फोहोर उठाएर ब्यबस्थापन गर्ने सांन्केतिक सफाइ अभियान संचालन गरे।

उक्त कार्यमा बोट ब्यबस्थापन समितीका अध्यक्षको सहयोग र सहभागिता रहेको निर्माता निर्देशक सन्तोष सेनले बताए। 

 

खबर एक्सप्रेस