आज:  | Fri, 29, Mar, 2024

संघीय संसदको अधिवेशन अन्त्य

२०७७, १८ असार बिहीबार १५:३५ मा प्रकाशित ( ३ साल अघि) ९५१८ पाठक संख्या

काठमाडौं असार १८ गते ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा अपराह्न ५ बजेदेखि अधिवेशन अन्त्य गरेको जानकारी दिएकी हुन् ।

यसअघि बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।वैशाख २६ गतेबाट शुरु भएको संसदको अधिवेशनले नागरिकता र निजामती सम्बन्धी विधेयक र एमसीसी सम्झौताबारे समेत निर्णय गर्नुपर्ने बाँकी थियो ।

खबर एक्सप्रेस