आज:  | Fri, 14, Aug, 2020

साम्राज्ञीलाई भुवन के.सीले कलाकार संघमा मुद्धा हाले

२०७७, १८ असार बिहीबार १७:५५ मा प्रकाशित ( १ महिना अघि) ५६७४ पाठक संख्या

काठमाडौं असार १८ गते ।

नेपाली सिनेमा क्षेत्रका कलाकारहरु बिच अहिले सामाजिक संजालमा एक अर्का बिच वार गर्ने परम्परा नै बसेको छ । केहीदिन यता केही कलाकार बिच सामाजिक संजालमा वार परेको हेर्न सकिन्छ । यहीबिच नायक तथा निर्माता भुवन केसी र नायिका साम्राज्ञी शाह बिचको वारले यतीबेला फिल्म नगरी तरंगीत भएको छ । 

साम्राज्ञीले केहीदिन अघी सामाजिक संजालमा भिडियो सन्देश दिदै भुवन केसीले आफुमाथी यौन दुर्व्यबहार गरेको आरोप लगाएकी थिईन् । जस्को जवाफ दिदै भुवन के.सी चेतावनी दिएका छन् ।

“डियर सम्रागी तपाईंलाई  पहिलो  पटक नाइकाको  रुपमा सुपर  काजल फिल्मको चलचित्र ड्रिम्स बाट चलचित्र क्षेत्र मा पदार्पण गर्ने मौका दिने ब्यक्ति प्रती ,तपाईं धन्यवादि हुनुहुन्छ भन्ने मा  म अपेक्छया गर्दछु ! करिब ६ बर्ष अगाडि निर्माण भएर प्रदर्शन समेत् भै सुपर  हिट्  भएको  चलचित्र ड्रिम्सको शूटिङ को क्रम मा पानी खान पाइन  ,छाता वोड्न पाइन  ,सूबिधा प्राप्त भएन भन्ने जस्ता झुठा कुराहरु उठाएर चलचित्र प्रदर्शन भएको लग्भग तीन  बर्ष पछाडि ,र आज भोली मात्र    लगायेत्  अरु निर्माताहरुलाई पनि   गाली गलौज गरेको  देख्दा  आस्चर्य लागेको छ  ! आफुलाई ब्रेक दिने पिता तुल्य ब्यक्ती को बारेमा  अनर्गल तथा झुटा कुरा हरु ऊुल्लेख् गरी तपाईंले मेरो बारेमा आफ्नो इन्ट्साग्रम मा भिडियो पोस्ट बनाइ  पोस्ट गर्नु भएको सामाग्री हरुको सम्भन्ध मा मेरो गम्भिर  ध्यान आकर्शन भएको छ !!

अब उप्रान्त तपाईंले म  भुवन के सी ले बिगत करिब् चलिस् 

बर्ष देखी नेपाली चलचित्रमा काम  गरी बिभिन्न सुपरहिट फिल्म निर्माण पनि गरी आज सम्म येहि चलचित्रको  क्षेत्र मा रातो दिन कार्यरत रही मैले हासिल गरेको मान प्रतिस्ठा हरु मा आघात पुग्ने गरी पुन :तेस्ता मान मर्दन हुने प्रकार का सामाग्री हरु इन्स्टाग्रम  फेस्बूक   या  अन्य कुनै पनि  सामाजिक सन्जाल् मा पोस्ट  नगर्न, हुन सुचित गर्दछु !

मेरो यो सुचना को बाब्जुद तपाईं ले एस्ता झुठा लान्छना लगाउने कार्यहरु गरे गराएमा तपाईं ऊुपर प्रचलित साइबर् कानुन र मानहानी सम्भन्धी कानुन को प्रगोग गरी मलाई पुग्न गएको मान सम्मान को हानी  नोक्सनी उपर तपाईं बाट एथोचित छेति पुर्ती गराउने र तपाईंलाई कानुन बमोजिमको सजाये को  भागेदारी गराउनु को निमित्त,आवसेक् कानुनी प्रकृयाको थालनि गर्ने ब्यहोरा तपाईं लाई बढो दु:ख का साथ् जानकारी गराउदछु” भनेर स्टाट्स लेखेको केही घण्टामा कलाकार संघमा मुद्धा हालेका  छन् ।

हरेक कथाको तीनवटा पाटा हुन्छन I अरुको ,आफ्नो र सत्यको र सत्य के हो त्यो अब नेपाल कलाकारसंघ र कानुनले नै, फैसला गर्ने छ I एस सम्बन्धी छान्बिनको लागि मैले नेपाल चलचित्र कलाकारसंघमा निवेदन दीइसकेको छु I

 

खबर एक्सप्रेस