आज:  | Fri, 14, Aug, 2020

कोरोना अपडेटः असार १८ गते

२०७७, १८ असार बिहीबार २३:५२ मा प्रकाशित ( १ महिना अघि) २२३३ पाठक संख्या

काठमाडौँ, असार १८ गते ।

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या १४ हजार  ५१९  पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४७३  जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिए । जसमध्ये १०९महिला र ३६४ पुरुष रहेका छन् ।

विगत २४ घण्टामा चारहजार ५३७ काेराेना परीक्षण भएको छ । अहिलेसम्म दुईलाख ३७ हजार ७६४ वटा परीक्षण भएको छ । क्वारेन्टाइनमा ३८ हजार १०९ र आइसोलेसनमा दशहजार १३७ रहेका छन् ।

डिस्चार्ज

देशभर पाँच हजार ३२० डिस्चार्ज भएका छन् । बिहीबार देशभरबाट ६६४ जना निकाे भएर घर फर्केका छन् ।

खबर एक्सप्रेस