आज:  | Fri, 14, Aug, 2020

सरकारलाई खवरदारी गर्दै पोखरामा अनशन

२०७७, १९ असार शुक्रबार १२:१२ मा प्रकाशित ( १ महिना अघि) ३९६९ पाठक संख्या

पोखरा १९ असार

पोखराको मुस्ताङचोकमा केहि युवाहरु कालोपत्रे सडकको छेउमा पुस्तक र पम्प्लेट लिएर बसिरहेका छन् । धुलो भुइमा म्याट ओछ्याएर पोखराका युवाहरु अघि पम्प्लेट राखि पुस्तक पढिरहेको दृष्य बिहिबार देखिएको थियो । त्यहि ठाउँमा कुनै राजनितिक दल वा तिनका भातृ संगठनले केहि कार्यक्रम गरेको भए तमझम छुट्टै हुनेथियो । टेन्ट हालेर सजिसजावट गरेर कार्यक्रम गरेको हुने थियो जहाँ सबै पुग्ने थिए । तर दृष्य फरक थियो ।

त्यहाँ बसेका युवाहरु बौद्धिक थिए । सामाजिक दुरी कायम गर्दै माक्स लगाइ विहान देखी पानी समेत नखाइ सडकको छेउको धुलोमा बसिरहेका थिए । त्यहाँ बाट आवत जावत हुने साइकल देखि प्रहरी भ्यान सम्म सबैको ध्यान त्यहिँ पुगेको थियो । त्यहाँ कोहि पनि एक अर्का संग कुरा गरेका थिएनन् । कारण थियो एक अर्का संग चिन्जान नहुँनु । उनीहरुको हातमा नेपालको संविधानको पुस्तक थियो भने सेतो पम्प्लेटमा ठुला ठुला कालो अक्षरमा सत्याग्रह, हाम्रो कुरा सुनिदिनु प¥यो सरकार, कोहि रोगले ग्रस्त कोहि कुर्सीको खेलमा मस्त हाम्रो नेपालमा, लगायतको माग लेखिएको थियो ।


उनीहरु विहान देखि उक्त स्थानमा अनशन बसिरहेका थिए । विश्व कोरोना भाइरसको संक्रमणमा परेको अवस्थामा समेत नेपाल सरकारले देश भित्र नागरिकको जीवन रक्षाको लागि भन्दा पनि कुर्सी बचाउनको तर्फ लागेको र पिसिआर परिक्षण दायरा बढाउँदै अन्तराष्ट्रिय मापदण्ड अनुसारको क्वारेन्टिन बनाउन माग गर्दै अनशन बसेका छन् ।

कोरोना रोकथामको लागि सरकारले गरेको कार्यप्रति असन्तुष्टि जनाउदैँ पोखराका युवाहरुले अनशन शुरु गरेका छन । पोखराको एयरपोर्ट नजिकै रहेको मुस्ताङचोकमा नागरिकको जिवन रक्षाको माग गर्दै स्वस्फुर्त रुपमा युवाहरुले ७ घण्टे अनशन शुरु गरेका हुन । काठमाण्डौँमा भने अशसन शुरुभएको आज ६ दिन बितिसकेको छ । काठमाण्डौँमा अनशन बसेका युवाहरुको माग प्रति सरकारले वेवास्ता गरेको भन्दै दबाब दिन पोखरामा पनि अनशन शुरु गरेको पोखरा नयाँबजारका सतिस खराल बताउँछन् । उनी सामाजिक सञ्जालमा सरकारले गरेको काम प्रति विरोध गर्दै लेखिएको लेखको आधारमा आएका थिए । सतिसले नत त्यँहा कसैलाई चिनेका छन न उनी कुनै पार्टिका हुन । उनी काठमाण्डौमा कृषि पढ्दै आएका छन् । “हाम्रो मुख्य माग भनेकै जीवन बचाउँ हो । सरकारले नगरिकको स्वास्थ्य प्रति कुनै चासो देखाएको छैन आफ्नो कुर्सी बचाउन मात्र लागि परेको छ” उनले भने–“अहिले कोरोना संक्रमण बढ्दोक्रममा छ यस्तो बेला परिक्षण दायरा बढाउनुपर्नेमा सरकार हावा जवाफ दिन्छ । नेपालका क्वारेन्टिनको अवस्था विजोग छ त्यो विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको हुनुपर्छ तर यहाँ सरकारले अराजकता देखाएको कारणले हामि उठेका हौँ” सतिसले भने । त्यस्तै पोखरा ११ फुलबारीकी २१ वर्षीय पुनम गुरुङले इन्ष्टाग्राममा सरकालाई खवरदारी गर्दै गरेको फोटो र लेख हेरिन र आइपुगिन अनशन बस्न । युवाहरुले आफ्नो ज्यान नै जोखिममा राखि सरकारको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नभएको बताउँछिन् । सरकालाई सहि मार्गमा जानको लागि खवरदारी गर्दै आन्दोलन भएको उनी बताउछिन ।

“यो महामारी सत्ता र कुर्सीको खेल होइन यो त हामि नेपाली जनताको जीवनको कुरा हो । हाम्रो जीवन माथी खेलवाड गर्न सरकारलाई कुनै अधिकार छैन । सरकारले देशलाई भ्रष्टचार तर्फ धकालेको छ । हामि समयमै सचेत हुन अनुरोध गर्दछौ । पिसिआर परिक्षण बढाउन माग गर्दर्छौ क्वारेन्टि उचित हुनुप¥र्यो हाम्रो माग यहि हो” पुनमले भनिन् । त्यस्तै लालिगुरासँटोल बस्दै आएका किरण गुरुङले इन्ष्टाग्राम हेरेर नै अनशन बस्न आए । सरकारलाई खवरदारी गर्दै सहि मार्गमा हिडाउन युवाको महत्वपुर्ण भुमिका हुने उनको धारणा छ । सरकारले क्वारेन्टिनको नाममा करौडौँ रकम भ्रष्टचार गरेको उनले आरोप लगाए । भ्रष्टचारकै कारणले कमजोर भएको उनले बताए । “हाम्रो क्वारेन्टिनहरुको अवस्था निकै नाजुक छ । क्वारेन्टिननै सुरक्षित छैन । माथि माथि भ्रष्टचार भएकै कारणले यस्तो भएको हो” उनले भने । सरकारले आफुहरुको माग सुनुवाइ नगरे अनशनको समय समेत बढाउँदै आन्दोलनलाई निरन्तरता दिने उनीहरुको भनाइ छ ।

तर सरकारले भने स्वास्थ्य क्षेत्र र कोरोना रोकथामको लागि नेपाल उत्कष्ट रहेको प्रतिक्रिया दिदैँ आएको छ । सरकारले आफुलाई उत्कृट बताउँदै गर्दा कोरोना संक्रमितको सख्या भने दिनानुदिन बढ्दो क्रममा पुगेको छ । सरकारले समयमै उचित कदम नचाल्ने हो भने नेपालले पनि ठुलो मानविय क्षति र आर्थिक क्षति भोग्नुपर्ने स्थिति आउँछ ।

खबर एक्सप्रेस