आज:  | Fri, 19, Apr, 2024

सरकारले क्यान्सर, मधुमेह बिरामीको कोरोना परीक्षण गर्ने

२०७७, १९ असार शुक्रबार १८:४२ मा प्रकाशित ( ३ साल अघि) १०५४१ पाठक संख्या

काठमाण्डौं असार १९ गते ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा कोरोना परिक्षणमा रोगीहरूको पनि कोरोना परीक्षण गरिने जानकारी गरेको छ।
अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका बिरामी र क्यान्सर, मधुमेह बिरामीहरूको पनि परीक्षण हुने समेत जानकारी गराए । पछिल्लो समयमा स्वास्थ्यकर्मीहरुमा पनि कोरोना संक्रमण देखिन थालेपछि सरकारले अस्पतालहरूमा परीक्षण गर्ने तयारी गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको प्रेस ब्रिफिङमा निजी अस्पतालहरूले पनि अब कोरोना संक्रमितको उपचार गर्ने बताए।
शुक्रबार अहिलेसम्मकै बढी ७४० जनामा संक्रमण देखिएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ।

खबर एक्सप्रेस