आज:  | Sat, 20, Apr, 2024

कोरोना अपडेटः असार १९ गते

२०७७, १९ असार शुक्रबार २२:२७ मा प्रकाशित ( ३ साल अघि) १००७६ पाठक संख्या

काठमाडौँ, असार १९ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या १५ हजार २५९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ७४० जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिए।

पछिल्लो २४ घण्टामा चार हजार ४८३ वटा नमूना परीक्षण गरिएको छ । क्वारेन्टिनमा ३५ हजार ४७२ रहेका छन् । आइसोलेसनमा नाै हजार ८४ रहेका छन् ।

काठमाडौँमा एकको मृत्यु

कोरोना भाइरसका कारणले काठमाडौँमा एक जनाको निधन भएको छ । नयाँ बानेश्वरमा बस्ने ८५ वर्षीय एक पुरुषको भाइरसका कारणले निधन भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

खबर एक्सप्रेस