आज:  | Tue, 20, Feb, 2024

बझाङको पहिरोमा चार जनाको शब फेला

२०७७, २० असार शनिबार १७:०० मा प्रकाशित ( ३ साल अघि) ९२०८ पाठक संख्या

बझाङ, असार २० गते । बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका ८ मल्लेसमा पहिरो गाउँमा पस्दा चार परिबारका सात जना बेपत्ता भएका मध्ये चार जनाको शब फेला परेको छ । सब फेला परेकामा बेपत्ता भएकी ४४ वर्षीय रामदेवी जेठारा, उहाँकीकी सात वषीैया छोरी अस्मिता जेठारा, ११ वर्षिय छोरा प्रयाग जेठारा र ८० वर्षीय दले जेठारा रहेको घटनास्थल पुगेका प्रहरी सहायक निरिक्षक रायभानसिंह ऐरीले जानकारी दिनुभएको छ। सो घटनामा १८ घर पहिरोले बगाएको छ ।

गए राती अबिरल बर्षा संगै गाउँको माथीबाट पहिरो झरेपछि सो घटना भएको हो । सदरमुकामबाट चार घण्टाको पैदल दुरीमा रहेको सो स्थानमा अहिले प्रहरी टोली पठाइएको र अबस्था हेरी उद्धारका लागि सदरमुकाममा हेलिकोप्टर तयारी अबस्थामा राखिएको बझाङका प्रमुख जिल्ला अधिकारी कमल राजभण्डारीले बताउनुभयो ।

खबर एक्सप्रेस