आज:  | Sat, 20, Apr, 2024

काँक्रेविहारको वनमा खुलेआम रुख कटानि

२०७७, २० असार शनिबार २३:३२ मा प्रकाशित ( ३ साल अघि) १३१७६ पाठक संख्या

सुर्खेत,असार २०, नेपालको एक मात्र राष्ट्रिय संरक्षित क्षेत्र सुर्खेतको काँक्रेविहारमा वन कार्यालय सुर्खेतकै मिलोमतो खुलेआम रुख कटानि भइरहेको तस्बिर बाहिरिएको छ ।

उक्त क्षेत्रमा अहिले औजार लगाएर रुखहरु काट्ने काम  धमाधम भइरहेको छ। उक्त संरक्षित क्षेत्रमा केही औजार समेत लिन नमिल्ने त्यस क्षेत्रमा वन कार्यलयकै निर्देशनमा बन फडानी भइरहेको छ। 

त्यस्तै जंगलमा वन्यजन्तुहरुको तस्करी समेत बढेको छ । भने राष्ट्रिय संरक्षित एक मात्र वन र विश्व सम्पदा सुचिमा रहेको काँक्रेविहार समेत जंगली जनावरको जरायोको अवैध शिकार भइरहेको छ।

काँक्रेविहारको प्रवेशद्धार वनको चेक पोईट नजिक वनका सुरक्षाकर्मीको अगाडी मसालका रुखहरु कटानी भैरहेको समेत स्थानियबासीले आरोप लगाएको छ ।

 

खबर एक्सप्रेस