आज:  | Sun, 24, Mar, 2024

छाङरुमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार हुने

२०७७, २१ असार आईतवार ११:२२ मा प्रकाशित ( ३ साल अघि) १९१९० पाठक संख्या

धनगढी, असार २१ गते ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी क्षेत्र नजिक नेपाल टेलिकमले फोरजी सेवा विस्तार थालेको छ । हालसम्म उक्त क्षेत्र सञ्चारविहीन रहेको छ । व्यास गाउँपालिका–१, छाङरुमा नेपाल टेलिकमले फोरजी सेवा विस्तारको लागि नयाँ टावर जडानको टेन्डर गरिसकेको छ । छाङरुमा फोरजी सेवा विस्तारका लागि जीएसएम (नमस्ते) मोबाइलको टावर बनाउन हुवेइ कम्पनीले ठेक्का पाएको छ । 

छाङरु गाउँ नजिकैको ज्याक्ति भन्ने स्थानमा ३५ मिटर लामो टावर बनाएर दुहुँ र व्यास गाउँपालिकाको सीमा क्षेत्र रहेको ब्रह्मलेकबाट व्यासको टावरलाई लिङ्क दिइने टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिएका छन् । लकडाउनका कारण सामान ढुवानीमा ढिलाइ भएको सामान ढुवानी भएको लगत्तै एक महिनाभित्र फोरजी सेवा सञ्चालन गर्ने योजना रहेको बताए । 

खबर एक्सप्रेस