आज:  | Tue, 20, Feb, 2024

कोरोना भाईरस अपडेट : असार २१ गते

२०७७, २१ असार आईतवार २१:४४ मा प्रकाशित ( ३ साल अघि) १३९२० पाठक संख्या

काठमाडौं, असार २१ गते ।

नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा २९३ जनामा सङ्क्रण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १५ हजार ७८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या ३० पुगेको छ । काठमाडौँ जिल्लामा २७, ललितपुरमा दुई र भक्तपुरमा एक जना सङ्क्रमित भएका छन् । भने आज १३२ जना निको भएर डिस्चार्ज भएर घर फर्केका छन् ।

नेपालमा आज सम्मको डाटा

पिसिआर परिक्षण गरेको २५१,००७ जना, आरडिटि परिक्षण ३११,१४६ जना, क्वारेन्टिनमा ३१,५७३ जना, आईसोलेशनमा ९,२०३ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ६,५४७ जना र ३४ जनाको मृत्यु भएको छ ।

विश्वब्यापी विवरण

परीक्षण भएको संख्या २५३,३७२,६४३ (१,४२६,५६८) जना, संक्रमण पुष्टि भएको संख्या ११,४६४,५११ (८११७१) जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या ६,४९५,२११ (६०,६११) जना, बाँकी संक्रमित संख्या ४,४३३,५९२ (२०,९७८) मृत्यु भएको संख्या ५३५,७०८ (२,००१)

खबर एक्सप्रेस