आज:  | Tue, 20, Feb, 2024

यस वर्षको कक्षा ११ को परीक्षा नहुने

२०७७, २२ असार सोमबार ००:५९ मा प्रकाशित ( ३ साल अघि) ९८२८ पाठक संख्या

कोरोना भाइरस महामारीका कारण यस वर्षको कक्षा ११ को परीक्षा नहुने भएको छ ।  पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा यस वर्ष विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय गरेको हो ।

यस अघि एसईई परीक्षा समेत आन्तरिक मुल्यांकनका आधारमा गर्न निर्देशन दिएको थियो ।  कोरोना भाइरस महामारीका कारण बोर्डले लिने परीक्षा यसपटकलाई रद्ध गर्ने निर्णय गरिएको पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेशप्रसाद भट्टराईले जानकारी दिए ।

गत शुक्रबार शिक्षा मन्त्री अध्यक्ष रहने परिषद्ले उक्त निर्णय गरेको प्रवक्ता भट्टराईले बताएका छन । तर कक्षा १२ को विषयमा भने अहिलेसम्म कुनै पनि निर्णय नभएको बोर्डले जनाएको छ ।

खबर एक्सप्रेस