आज:  | Mon, 26, Feb, 2024

कुलमान घिसिङका बुवाको निधन

२०७७, २२ असार सोमबार १२:५९ मा प्रकाशित ( ३ साल अघि) ११८४३ पाठक संख्या

काठमाडौं, असार, २१ गते । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका बुवाको निधन भएको छ ।

रामेछापको सुनापती गाउँपालिका–४ बेथानस्थित डहु निवासी ९८ वर्षिय कृपासिंङ घिसिङको आइतबार राति निधन भएको छ ।

उनको स्वयम्भुमा अन्त्येष्टि गरिने जनाइएको छ । निर्देशक घिसिङका पिताको निधनले विभिन्न नेता तथा कार्यकर्ताले दुख व्यक्त गरेका छन् ।

खबर एक्सप्रेस