आज:  | Tue, 20, Feb, 2024

कोरोना भाईरस अपडेट : असार २२ गते

२०७७, २२ असार सोमबार २३:२४ मा प्रकाशित ( ३ साल अघि) २१४२२ पाठक संख्या

काठमाडौँ, असार २२ गते । कोरोना भाईरस पछील्लो २४ घण्टामा १८० जनामा सङ्क्रमित पुष्टि भएकाे छ । नेपालमा कुल सङ्क्रमित १५ हजार ९६४ पुगेको छ । क्वारेन्टाइनमा २९ हजार २१५ र आइसोलेसनमा नाै हजार ११८ जना रहेका छन् । 

आज थप २६४ जना निको भएर डिस्चार्ज भएसँगै अहिलेसम्म छ हजार ८११ डिस्चार्ज भएका छन्। भने वाग्लुगकाे ढाेरपाटन नगरपालिकाका २९ वर्षीय एकजना पुरुषकाे मृत्यु भएसँगै काेराेना भाइरसबाट मृत्यु हुनेको संख्या नेपालमा ३५ पुगेकाे छ ।

उपत्यकामा सङ्क्रमित 

यस्तै, आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या  ५४  पुगेको छ । काठमाडौँ जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना सङ्क्रमित भएका छन् । 

विश्वब्यापी बिबरण् 

खबर एक्सप्रेस