आज:  | Sat, 20, Apr, 2024

पूर्वराजा ज्ञानेन्द्र शाह ७४औँ वर्षमा प्रवेश

२०७७, २३ असार मंगलवार १०:२१ मा प्रकाशित ( ३ साल अघि) १०२३१ पाठक संख्या

पूर्वराजा ज्ञानेन्द्र शाह आज ७४ औँ वर्षमा प्रवेश गरेका छन् । तर देशको विषम परिस्थितीका कारण उनले विगत जसरी जन्मदिन भने नमनाउने भएका छन् ।

मुलुकमा लोकतन्त्र आउनु अघि राजाको जन्मदिनमा सार्वजनिक बिदा हुने गरेको भएपनि २०६२–६३ को जनआन्दोलनपछि बनेको सरकारले राजाका अधिकारहरु कटौति गरेसँगै सार्वजनिक बिदा दिन छोडेको छ।

मुलुकमा राजतन्त्रको अन्त्य भएसँगै त्यसपछि पूर्वराजा शाहले सर्वसाधारणकै हैसियतमा आफ्नो जन्मोत्सव मनाउँदै आएका छन् ।

खबर एक्सप्रेस