आज:  | Tue, 20, Feb, 2024

बैंकको दवाबको कारणले यातायात व्यवसायीले बुझाए चाँवी

२०७७, २३ असार मंगलवार १०:३० मा प्रकाशित ( ३ साल अघि) १९४०७ पाठक संख्या

सुदिप पौडेल
पोखरा २३ असार

कोरोनाले सृर्जित विष्म परिस्थितिको समयमा बैंकले कर्जा तिर्नको लागी दबाब दिदाँ आजित भएका यातायात व्यवसायीहरुले सवारीको चाँवी नै बैंकलाई बुझाएका छन् ।

पोखरामा सोमबार पृथ्वीराजमार्ग यातायात व्यवसायी समितिले बैंकहरुलाई चावी बुझाएका छन् । पटक पटक सरकार र सरोकारवाला संग वार्ता बस्दा समेत कुनै निर्णय नआउँदा आफुहरु चाँवी बुझाँउन बाध्य भएको नेपाल यातायात व्यवसायी समितिका केन्द्रिय उपाध्यक्ष ऐनकुरमार शाहिले जानकारी दिए । “हामिलाई बैंकहरुले कर्जा तिर्नको लागि निकै दबाब दिएपछि हामिले आजसम्मको लागि समय दिएका थियौँ तर कुनै किसिमको समाधान नहँुदा चाँवी बुझाउन बाध्य भयौँ” उपाध्यक्ष शाहिले भने । सरकारले कृषि र पर्यटनको लागि कर्जाको व्यवस्था गरेको छ, हामिलाई पनि सोहि अनुरुपको व्यवस्था गरी समय थप गर्न माग गरेका हौँ । सार्वजानीक यातायात सर्वसाधारणको लागि अपरिहार्य छ हामि व्यवसाय छाडेर बस्न पर्ने स्थिति बैंकहरुले गरेको छ” उनले भने । नीजि सवारीमा ४–५ जना सवार हुँदा चाहि कोरोना नलाग्ने रे अनि सार्वजानीक यातायातमा चाहि लाग्ने यो सरकारको गलत निर्णय हो सबै रोकिनुपर्दछ” उनले भने ।

त्यस्तै पृथ्वीराजमार्ग यातायात समितिका अध्यक्ष योगेन्द्र केसीले आफुहरुलाई पहिलेकै अवस्थामा पुग्ने समय सम्म कुनै पनि कर्जा र ब्याज लिनको लागि दबाब नदिन आग्रह गरे । “हामिले कर्जा तिर्दैनौ भनेका होइनौ हामिले कम्तीमा ६ महिनाको समय माग गरका हौँ । हामिलाई राहत चाहिएको छैन्, छुट चाहिएको छैन हामिले त केबल समयमात्र माग गरेका हौँ” अध्यक्ष केसीले भने । अनावश्यक माग राखेका छैनौ कोरोनाको कारणले रोकिएको हो यो राज्यले गरेको निर्णय मान्दा हामिलाई बैंकले दुःख दियो” उनले भने । यस्तो परिस्थितिमा व्यवायीको भावना नबुझि बैंकले मानसिक तनाब दिने गरेको उनले आरोप लगाए ।

चाँवी बुझाएर पनि समस्याको समाधान नभए सवारीनै बैंकलाई दिएर जिविकोपार्जन गर्ने अन्य उपाय खोज्न तर्फ लाग्ने उनले बताए । “हामिले सांकेतिक रुपमा आत्मसमर्पण गरेका छौ अब पनि माग सुनुवाइ नभएमा व्यसाय छाड्नुको बाहेक अरु विकल्प छैन, ऋणिकै कारणले बैंक चल्ने हो हामिले रकम तिर्न सक्दैनौँ सवारी नै बुझाएर अन्य बाटो रोज्नुको विकल्प छैन–उनले भने । पृथ्वीराजमार्ग अन्तर्गत पोखरामा १४ सय सवारी रहेका छन ती मध्ये ९५ प्रतिशत सवारी बैंकको कर्जामा रहेको उनले जानकारी दिए । यस्तै देशभर ३ लाख यातायात व्यवसायी रहको छ भने १२ लाखले प्रत्येक्ष रोजगार पाएका छन् । चाँवी बुझाउँदा समेत कुनै सुनुवाइ नभए आन्दोलनमा जाने उनले बताए । समितिले गरिमा विकास बैंक, एनएमबी, मुक्तिनाथ र प्राइम बैंकमा गरी एक सय ५ सवारीका चाँवी बुझाएका हुन ।

खबर एक्सप्रेस