आज:  | Mon, 15, Apr, 2024

पोखरामा मोटरसाइकलले ठक्कर दिदाँ पैदल यात्रुको निधन

२०७७, २३ असार मंगलवार ११:०३ मा प्रकाशित ( ३ साल अघि) ११२५४ पाठक संख्या

पोखरा २३ असार

पोखराको जिरो किलोमिटरमा आईतबार मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिदाँ एक जानाको निधन भएको छ ।

आइतबार राति लु ५९ प ८७८१ नंम्वरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते पोखरा– ५ जिरो किलोमीटर निवासी ५१ वर्षीया रुपा सिंह बिकको पोखराको सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा आइतबार राति निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

ठक्कर दिने मोटरसाइकल चालक पोखरा–५ निवासी १९ वर्षीय नारायण प्रसाद आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको र दुर्घटनाको ’ अनुसन्धान भईरहेका प्रहरीले जानकारी दिएको छ । मोटरसाईकल चालक नि घाइते भएका छन् । उनको पोखराकै रिजन अस्पताल उपचार भईरहेको प्रहरीले जनाएको छ ।

खबर एक्सप्रेस