आज:  | Thu, 18, Apr, 2024

काठमाडौ उपत्यकामा थप कडाइ हुने

२०७७, २३ असार मंगलवार २२:४० मा प्रकाशित ( ३ साल अघि) ८२१६ पाठक संख्या

काठमाडौ उपत्यका कोरोना भाइरस कोभिड-१९ को संक्रमणको केन्द्रबिन्दु बन्न सक्ने भन्दै सरकारले काठमाडौ उपत्यकामा लकडाउन कडाइ गर्ने गृहकार्य सुरु गरेको छ ।

लकडाउनलाई खुकुलो भएपछी नागरिकले सामाजिक दुरी कायम नगरेको जोर बिजोर प्रणाली पालना नगरेको भन्दै स्वास्थ्य मन्त्रालयले काठमाडौमा उपत्यकामा लकडाउन कडा पार्नेबारे अध्ययन सुरु गरेको छ ।
देशका अन्य क्षेत्रमा कोरोना संक्रमणको दर कम हुँदै गएको तर उपत्यकामा जोखिम बढेको भन्दै खासगरी बजार र जोर बिजोर प्रणालीमा सञ्चालित सवारी साधनमा कडाइ गर्नुपर्ने निष्कर्षमा स्वास्थ्य मन्त्रालयका अधिकारी पुगेको स्रोतले भन्यो ।
यता उपत्यका ट्राफिक महाशाखा प्रमुख एसएसपी भिम प्रसाद ढकालले अहिलेसम्म लकडाउन कडाई गर्ने वा जोर बिजोर प्रणाली हटाउने सम्बन्धमा कुनै औपचारीक निर्देशन वा परिपत्र प्राप्त नभएको तथा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे नीजि सवारी साधन अहिलेसम्म जोर बिजोर प्रणालीको आधारमा सञ्चालन भैरहेको जानकारी दिए । जोर बिजोर प्रणाली तथा सवारी नियम उल्लघन गर्नेलाई कारवाही तथा जरिवाना गर्नुका साथै जोर बिजोर प्रणालीमा सवारी सञ्चालन गर्नको लागि ट्राफिक प्रहरी अहोरात्र खटिरहेको समेत उनले जानकारी दिए ।

सरकारले गत चैत ११ गते देखि जारी गरेको लकडाउनलाई लुजडाउनमा परिणत गर्दै जनजीवन सामान्य पार्न तथा आर्थिक गतिविधि सञ्चालनका लागि जोर बिजोर प्रणालीमा सवारी सञ्चालनको अनुमति दिइए पनि सडकमा गाडिको चाप बढेको, भिडभाड बढेको भन्दै जोर बिजोर प्रणाली हटाउन र बजार नियमन गर्न गृहमन्त्रालयलाई आग्रह गर्ने तयारीमा स्वास्थ मन्त्रालय पुगेको हो । यो सँगै उपत्यकामा जोर बिजोर प्रणाली खारेज हुने सम्भावना बढेको छ । त्यसको विकल्पमा पुनः पास प्रणालीमै जानुपर्ने स्वास्थ मन्त्रालयको सुझाव छ । स्रोतले भन्यो ।

खबर एक्सप्रेस