आज:  | Tue, 20, Feb, 2024

कोरोना भाईरस अपडेट : असार २३ गते

२०७७, २३ असार मंगलवार २३:०६ मा प्रकाशित ( ३ साल अघि) १४८१९ पाठक संख्या

काठमाडौं, असार २३ गते ।

नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा २०४ जनामा सङ्क्रण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित ८,६३४ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

आज ६८८ जना निको भएर डिस्चार्ज भएका छन् योसँगै ७,४९९ डिस्चार्ज भएका छन याे संख्या ४६ प्रतिशत भन्दा बढी हो ।

नेपालमा आज सम्मको डाटा

पिसिआर परिक्षण गरेको २६१,८६१ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा २५,७२७ जना, आईसोलेशनमा ८,६३४ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ७,४९९ जना र ३५ जनाको मृत्यु भएको छ ।

सङ्क्रमणमुक्त चारवटा जिल्ला
प्रदेश १ मा तेहथुम, भोजपुर र सोलुखम्बु र कर्णाली प्रदेशमा हुम्ला कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको घोषणा भएको छ ।

विश्वब्यापी विवरण

खबर एक्सप्रेस