आज:  | Sat, 20, Apr, 2024

असई रंगेहात पक्राउ

२०७७, २४ असार बुधबार १६:४९ मा प्रकाशित ( ३ साल अघि) ८६५० पाठक संख्या

काठमाडौं, २३ असार ।

नेपाल प्रहरीका असई घुससहित रंगेहात पक्राउ परेका छन् । भारतीय नम्बर प्लेटको मोटरसाइकल छोड्न सेवाग्राहीसँग घुस लिँदालिँदै प्रहरी चौकी गौरीशङ्कर सर्लाहीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) राम बिश्वास राय यादव पक्राउ परेका हुन् ।

भारतीय नम्बरको मोटरसाइकल समातेका उनले उक्त मोटरसाइकल छोड्नका लागि ५ हजार घुस मागेका थिए । घुस लिँदालिँदै उनलाई रंगेहात समातिएका थिए । 

खबर एक्सप्रेस