आज:  | Fri, 22, Mar, 2024

आफ्नो माग सम्बोधन नभए बैंकलाई चावी बुझाउने पोखरा पर्यटन परिषदकको निर्णय

२०७७, २४ असार बुधबार २०:५७ मा प्रकाशित ( ३ साल अघि) २०२७५ पाठक संख्या

सुदिप पौडेल
पोखरा २४ असार ।

विश्व कोरोना भाइरस (कोभिड–१९) को महामारीमा छ । कोरोना संक्रमणबाट नेपाल पनि ग्रसित छ । विगत ४ महिना देखि मानिसको दैनिकि फेरीएको छ । व्यापार व्यवसायहरु बन्द भएका छन् । कोरोनाको कारणले मानिसको दैनिकीमा ठुल्लो धक्का लागेको छ । व्यापार व्यवसाय बन्द हुँदा व्यवसायीहरु निकैमारमा परेका छन् । कर्जा लिएर व्यवसाय गर्दै आइरहेकाहरुको अवस्था अहिले विजोग छ । व्यवसायीहरुलाई आम्दानी भन्दा पनि घर भाडा र बंैकको फोनले यतिबेला निकै सताएको छ । घरभाडालाई आलटाल गरेपनि व्यवसायीहरुलाई बैंकले भने छाडेको छैन् ।

 

आम्दानीको बाटो नै बन्द भएको स्थितिमा समेत बैंकले किस्ता ब्याजको ताकेता गर्दा यतिबेला पोखराका व्यवसायीहरु सरकार प्रति असन्तुष्टि भएका छन् । बैंकले देखाएको र दिएको दबाबको कारण यतिबेला व्यवसायीहरु आफ्नो व्यवसायको चावीँनै बैंकलाई बुझाउन थालिसकेका छन् । यस्तै पोखरामा रहेका पर्यटन व्यवसायीहरुको छाता संगठन पोखरा पर्यटन परिषद्ले बैंकहरुले गरेको व्यवहार प्रति खेद प्रकट गर्दै किस्ता र ब्याजको ताकेता गर्दै दबाब नदिन माग गरेको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बुधवार आयोजित पत्रकार सम्मेलनमा बैैकले किस्ता र ब्याजको ताकेता गर्दै मानसिक दबाब दिदैँ आएको बताए । “यस माहामारीको अन्त्य नभई मानिसहरु एक स्थानबाट अर्को स्थानमा सहज रुपमा आवत जावत गर्ने अवस्था नरहेसम्म व्यवसाय शुचारुहुने अवस्था छैन । पर्यटन व्यवसायीहरुले बैंक वित्तिय संस्थाबाट विभिन्न शिर्षकहरुमा लिएका कर्जाको किस्ता र ब्याज भुक्तानी गर्ने अवस्था नभएकाले सबै बैंक वित्तिय संस्थाबाट पर्यटन व्यवसायीले लिएको कर्जाको असार मसान्त सम्म हुन आउने किस्ता र ब्याज रकम समायोजन गरि पुनर्तालिकीकरण गर्नुपर्ने अवस्था छ” अध्यक्ष पोखरेलले भने । “ तर बैंक वित्तिय संस्थाबाट किस्ता ब्याज तिर्न निकै कडा रुपले ताकेता गरेको अवस्था छ । आर्र्थिक परिस्थिति सामान्य हुदाँ साथ बसै दायित्वहरुलाई सहज रुपले बहन गर्नेछौ व्यवसायीहरुलाई मानिसिक तनाव नदिनुहुन अनुरोध गर्दछौ ।”

संघिय सरकारको बजेटमा कोभिड–१९ बाट प्रभावित व्यवसायलाई छुट्याइएको एक खर्वको पुनकर्जा कोष र ५० अर्वको व्यवसाय सञ्चालन कोषको उपयोग पुर्णरुपमा समानुपातिक र सरलिकृत हुनुपर्ने उनले बताए । पोखरामा पर्यटन अधिकतम लगानी भएकाले पुनकर्जा कोेष मध्ये अधिकतम रकम गण्डकी प्रदेशमा पठाउने नीतिगत व्यवस्था हुनेपर्ने उनको भनाइ छ । बंैकबाट लिएको ऋण आगामी दुई वर्षसम्म तिर्न नसक्ने अवस्था रहेको भन्दै राष्ट्र बैंकले उचित नीति ल्याउनुपर्ने उनको भनाइ छ । व्यावसायीहरुको आग्रहलाई सम्बोधन नगरे व्यवसायीहरुले आफ्नो व्यवसायको तालाचावीँ सम्बन्धीत बैंकहरुलाई नै बुझाउन बाध्य हुने उनले बताए ।

खबर एक्सप्रेस