आज:  | Sat, 20, Apr, 2024

पोखरा खानेपानी निर्माण आयोजनाको काम थप एक बर्ष लम्बिने

२०७७, २५ असार बिहीबार १२:०७ मा प्रकाशित ( ३ साल अघि) १३९२० पाठक संख्या

सुदिप पौडेल
पोखरा २५ असार

जापानि संस्था जाईकाको अनुदानमा निर्माण भैरहेको पोखरा खानेपानि आयोजनाको काम थप एक बर्ष लम्बिने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण लागि नेपाल सरकारले लागु गरेको लकडाउनका कारण पोखरा खाने पानी सुधार आयोजनाको निर्माणको काम विगत साढे तिन महिना देखि ठप्प छ । यसै कारणले गर्दा निर्माण आयोजनाको काम थप एक बर्ष लम्बिने पक्का भएको छ ।

 

 

खाने पानी संस्थान पोखरा कार्यलयका प्रमुख आशिष कार्की अनुसार आयोजनाको काम कुनै प्रभाव नभएको भए २०७९ मंसिरमा पोखराले शुद्ध खानेपानी प्राप्त गर्ने थियो । आयोजना निर्माणमा ढिलाई भएसँगै समयमा काम सम्पन्न नहुने र थप एक बर्ष काम लम्बिने उनको भनाई छ । आयोजनाको काम लगभग चार महिना रोकिने भयो भने यो चार महिनाले निर्माण सम्पन्न गर्ने समय थप एक बर्ष पर धकेलिने पक्का भएको कार्काीले बताए ।

 

आयोजनाको काम हाल सम्म ३२ प्रतिशत मात्र सम्पन्न भएको छ ।

खबर एक्सप्रेस