आज:  | Mon, 26, Feb, 2024

जाजरकोटमा पहिरोमा परि १२ जना वेपत्ता

२०७७, २६ असार शुक्रबार ११:४८ मा प्रकाशित ( ३ साल अघि) १६६७९ पाठक संख्या

सुर्खेत असार २६ गते ।

दुईदिनदेखीको लगातार वर्षासँगै आएको पहिरोका कारण मुलुक विभिन्न स्थानमा ठूलो जनधनकाे भइरहेको छ ।  गएको राती परेकाे अविरल वर्षा सँगै आएको पहिरोमा परि जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका ४ सार्की गाउँमा पहिरो जाँदा १२ जना वेपत्ता भएका छन ।

पहिरोमा परि वेपत्ता हुनेमा दुई परिवारका ५२ वर्षीय गोपाल सार्की,उनकी श्रीमती ५० वर्षीय पुष्पा सार्की, १३ वर्षीया छोरी लक्ष्मी सार्की,र ११ वर्षीय छोरा अर्जुन सार्की रहेका छन । त्यस्तै  ११ वर्षीया कालु सार्की,६ वर्षीय  सुभास सार्की र पाहुना आएका कुशे गाउँपालिका ९ चौताराका २० वर्षीय डिल्ली सार्की,१४ वर्षीया गोरी सार्की, १६ वर्षीया कविता सार्की, र १८ वर्षीय वीरेन्द्र सार्की वेपत्ता भएको बारेकोट गाउँपालिका ४ का वडा सचिव डम्बर पुनले जानकारी दिए ।

अविरल वर्षा जारी रहेका कारण उद्धारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

खबर एक्सप्रेस