आज:  | Thu, 15, Feb, 2024

गण्डकी प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

२०७७, २६ असार शुक्रबार २१:३५ मा प्रकाशित ( ३ साल अघि) १५७८० पाठक संख्या

पोखरा २६ असार

मिति २०७७।०३।२६ गते अन्दाजी ०२स्३० बजे रातको समयमा अबिरल परेको बर्षातको कारण जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं।१८ सराङकोट स्थित गोठादी भन्ने स्थानमा ऐ।बस्ने वर्ष ५० को टंक बहादुर थापाको घर माथीबाट पहिरो आई घर पुरिन जाँदा सोहि घरका व्यक्ति र पाहुनाहरु ९उक्त घरमा गएको राती जन्मदिनको पार्टी रहेको बुझिन आएको० मृत्यु तथा घाईते भएको भन्ने खबर प्राप्त पश्चात तत्कालै प्रहरी टोली खटिई उद्धार कार्य भईरहेको छ ।

 

मृत्यु हुनेहरु :

१।ऐ।बस्ने वर्ष ५० को टंक ब।थापा,

२।निजको श्रीमति वर्ष ४५ की सोम माया थापा,

३।जिल्ला तनहूँ दमौली घर भएको वर्ष ८ को शीतल श्रेष्ठ ९सरस्वती श्रेष्ठको छोरा०

४। बस्ने वर्ष ११ की ईशीका थापा मगर,

५। ऐ बस्ने टंक थापाको दाईको नाती वर्ष ६ को सुवान थापा ।

घाइतेहरु

१। ऐ।बस्ने टंक थापाको छोरी वर्ष २२ की पिंकी थापा, अवस्था मध्यम

२। ऐ। बस्ने टंक थापाको छोरी वर्ष १८ की आशा थापा मगर,

३। ऐ।बस्ने पिंकी थापाको छोरी वर्ष ५ की पीरिशा थापा मगर,

४। जिल्ला तनहूँ दमौली घर भएकी वर्ष २८ की सरस्वती श्रेष्ठ ९मृतक सोममाया थापाको बहिनी०

५। जिल्ला तनहूँ दमौली घर भएको वर्ष १० को सन्देश श्रेष्ठ ९सरस्वती श्रेष्ठको छोरा०

६। जिल्ला कास्की पोखरा(१८ बस्ने छिमेकी वर्ष १९ को अनिश तामाङ,

७। ऐ। बस्ने छिमेकी वर्ष १९ को रशि थापा,

८। ऐ।बस्ने छिमेकी वर्ष १९ की रश्मी थापा मगर, अवस्था मध्यम

प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल र प्रहरी उपरीक्षक जिबन कुमार श्रेष्ठ सहितको टोलि घटनास्थलमा पुगेको र उल्लेखित सबै शव ०८स्४५ बजे पश्चिम क्षेत्रीय अस्पताल पठाई सकिएको छ ।

 

कास्की : पहिरोले पुरिई १ जनाको मृत्यु

मिति २०७७।०३।२६ गते अन्दाजी ०१स्५५ बजे रातको समयमा अबिरल परेको बर्षातको कारण जिल्ला कास्की पोखरा महानगरपालिका(२५ हेम्जा स्थित मेलबोटमा ऐ।बस्ने वर्ष ७० की हिमकली अधिकारीको घरमा माथीबाट पहिरो आई घर पुरिएको भन्ने खबर प्राप्त पश्चात तत्कालै प्रहरी टोली खटि गई निज हिमकली अधिकारीलाई मृत अवस्थामा उद्धार गरिएको । घरका अन्य सस्य सुरक्षित रहेको । थप अनुसन्धान भईरहेको छ ।

कास्की : पहिरोले पुरिई १ जनाको मृत्यु

मिति २०७७।०३।२५ गते रातको समयमा अबिरल परेको वर्षातको कारण जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं।२६ पैतेडाडा भन्ने ठाँउमा दुर्गा बहादुर सुनारको ब्लकले बनेको टिनले छाएको दुई कोठे घर माथिबाट पहिरो आई पुरेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोलि खटिई निज घर धनी अन्दाजी वर्ष ३०र३५ को दुर्गा बहादुर सुनारलाई पुरिएरको अवस्थामा मृत उद्धार गरिएको, घरका अन्य सदस्य सुरक्षीत रहेको, घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

कास्की चौपाय बगाएको :

मिति २०७७।०३।२६ गते परेको अबिरल वर्षाको कारण जिल्ला कास्की पोखरा महानगरपालिका(१० रामघाट स्थित सेति नदिमा पानीको बहाब बढ्न गई सुकुम्बासी बस्तीमा पस्न जाँदा विभिन्न व्यक्तीहरुले व्यावसायिक रुपमा पालन गरेको बंगुर १५८ वटा र कुखुरा १९ वटा बगाएको भन्ने प्राप्त हुनासाथ तत्कालै घटनास्थलमा प्रहरी टोली खटिई थप उद्धार तथा अनुसन्धान कार्य भईरहेको छ ।

कास्की स् पहिरोले कारण घर भत्किदा ३ जना घाईते

मिति २०७७।०३।२६ गते अन्दाजी ०२स्३० बजे समयमा अबिरल परेको वर्षातको कारण जिल्ला कास्की पोखरा महानगरपालिका(१७ छोरेपाटन स्थित सिमलटुडा बस्ने वर्ष ६० को चन्द्र ब।मगरको घर माथीबाट पहिरो आई घर भत्किन जाँदा सोहि घरका ब्यक्तिहरु घाईते भएको भन्ने खबर प्राप्त पश्चात तत्कालै प्रहरी टोली खटिई निम्न घाईतेहरुलाई उद्धार गरी उपचारको लागि नमस्ते अस्पताल पठाईएको ।

घाइते अवस्थामा उद्धार गरिएका

१।ऐ।बस्ने बर्ष ६० को चन्द्र बहादुर मगर,

२।निजको श्रीमती बर्ष ५० की शान्ती मगर,

३।निजको छोरा बर्ष १० को सुशान मगर ।

कास्की स् पहिरो आई धन्सार पुरिएको

मिति २०७७।०३।२६ गते ०३स्००बजेको समयमा परेको अबिरल वर्षातको कारण जिल्ला कास्की पोखरा(१९ तल्लोडाँडा स्थितमा बस्ने वर्ष ६२ को गिरिधारी बास्तोलाको अन्नपात, बस्तुभाउ बाध्ने धन्सार माथिबाट पहिरो आई भत्कन जाँदा १ वटा गोरु, १ वटा भैसिको पाडो पुरिएर मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै खटिई थप उद्धार कार्य भईरहेको छ ।

 

म्याग्दी :पहिरो आई १० जना वेपत्ता

मिति २०७७।०३।२६ गते अन्दाजी ०२स्१५ बजेको समयमा जिल्ला म्याग्दी धवलागिरी गाउँपालिका(६ मराङ रिखा स्थित अबिरल वर्षातको कारण घण्टीबाङ भन्ने भिरबाट अचानक माथिबाट ढुङ्गा माटो सहितको पहिरो खस्न जाँदा निम्न मानिसहरुको घरमा क्षति पुर्याएको छ भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिएको, प्रतिकुल मौसमका कारण घटनास्थलमा पुग्न नसकेको ।

हालसम्म वेपत्ता

१।जिल्ला म्याग्दी धवलागिरी गाउँपालिका(६ बस्ने भिम प्रसाद जुग्जालीको ढुङ्गा माटोले बनेको ढुङ्गाले छाएको २ तल्ले कच्चि घर पुरी पुर्ण रुपमा क्षति, उक्त घरमा ४ जनाको परिवार बस्दै आएको, नाम थर नखुलेको हाल सम्म सम्पर्कमा नरहेको ।

२।ऐ।बस्ने धन बहादुर जुग्जालीको ढुङ्गा माटोले बनेको ढुङ्गाले छाएको २ तल्ले कच्चि घर पुरी पुर्ण रुपमा क्षति, उक्त घरमा ६ जनाको परिवार बस्दै आएको नाम थर नखुलेको हाल सम्म सम्पर्कमा नरहेको ।

३।ऐ।बस्ने सन्त प्रसाद पुनको ढुङ्गा माटोले बनेको ढुङ्गाले छाएको २ तल्ले कच्चि घर आंसिक रुपमा क्षति, अन्य क्षति केही नभएको ।

४।ऐ।बस्ने हिरा बाहदुर जुग्जालीको ढुङ्गा माटोले बनेको ढुङ्गाले छाएको २ तल्ले कच्चि घर आंसिक रुपमा क्षति, अन्य क्षति केही नभएको ।

 

म्याग्दी : खोलाले बगाएर १ जनाको मृत्यु

मिति २०७७।०३।२६गते अन्दाजी ०९स्०० बजेको समयामा जिल्ला म्याग्दी रघुगगा गाउँपालिका(६ ठाडाखानि बस्ने वर्ष अन्दाजी ५० नलिमान छन्त्याल आफ्नो गाई भैसी बाध्ने गोठमा घाँस पात गर्नको लागि गोठमा हिडेकोमा बाटोमा पर्ने लापु खोलाले बगाई बेपत्ता भएको ।

खबर एक्सप्रेस