आज:  | Sun, 21, Apr, 2024

पहिरो पीडितलाई राहत सामाग्री लिएर मन्त्री पुगे जाजरकोट

२०७७, २८ असार आईतवार १९:४२ मा प्रकाशित ( ३ साल अघि) २८९८६ पाठक संख्या

सुर्खेत असार २८, नेपाल सरकारका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत जाजरकोटका पहिरो पीडितलाई राहत सामाग्री लिएर बारेकोट पुगेका छन् । टोली काठमाडौबाट नेपाली सेनाको स्काई ट्रकमा राहात सामाग्री लिएर बाढि पहिरो प्रभाबित क्षेत्रमा प्रस्थान गरेकाे हाे ।

 

टोलीमा मन्त्री बस्नेतसहित पूर्वमन्त्री एवं सांसद सत्य पहाडी, सासंदद्वय माया प्रसाद आचार्य,भैरव सुन्दर श्रेष्ठ रहेका छन् । पहिरोमा ५००भन्दाबढी घरपरिवार विस्थापित भएका थिए ।

 

जाजरकोट, बारेकोट गाउँपालिका वडा न ४ मा गएको पहिरोबाट ज्यान गुमाउनेहरु, बेपत्ता भएका तथा पिडित परिवारको अवस्था बुझ्न मन्त्री शक्तिबहादुर बस्नेत उक्त क्षेत्रमा प्रस्थान गरेका हुन ।

उक्त टोलीमा सुर्खेतबाट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भन्डारी सहितको टोली  जाजरकोट पुगेको हो ।

खबर एक्सप्रेस