आज:  | Mon, 04, Mar, 2024

तीनकुनेमा ट्राफिकको वृक्षारोपण

२०७७, २८ असार आईतवार २०:४२ मा प्रकाशित ( ३ साल अघि) २०२४४ पाठक संख्या

काठमाडौ, असार २८, काठमाडौको तीनकुनेको खाली ठाउँमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले वृक्षारोपण कार्यक्रम गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेलले वृक्षारोपण गरी उद्घाटन गरे।कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले बढ्दो शहरीकरण कारण दिनप्रतिदिन वढिरहेको वातावरणीय असरप्रति सबैले गम्भिरताका साथ सरसफाई र वृक्षारोपण गर्नुपर्नेमा जोड दिए। ट्राफिक महाशाखाको यस कीसिम निक्कै सराहनीय काम गरेको भन्दै प्रशंसा समेत गरे ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ट उपरीक्षक भिम ढकालले महाशाखा लगायत मातहतका ४४ वटै ट्राफिक कार्यालयहरूले ३५० भन्दा वढी फुलका विरुवा रोपेको जानकारी दिए । रोपेका फुलहरूलाई ट्राफिक कार्यालयहरूले नै रेखदेख गर्ने र तीन महिनापछि सवैभन्दा उत्कृष्ट विरूवा (फुल) बनाउने कार्यालयलाई पुरस्कृत गर्ने जानकारी दिए।

नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल नजिकै रहेको तीनकुने पर्यटकहरू आवातजावत गर्ने मुल ढोका समेत रहेकोले त्यहाँ रहेको खाली जग्गामा फुलहरू रोपि सडकलाई मनमोहक बनाईएको महाशाखाले जनाएको छ र अन्य यस्तै खाली रहेका स्थानमा पनि वृक्षारोपण गर्न नागरिकहरूलाई प्रेरणा मिल्ने विश्वास लिइएको छ ।

अमला, वेगमवेली, तेजपत्ता, रिठ्ठा, मसला, धुपी, पारिजात, कपुर, रातकी रानी, कामिनी, किम्बु, चाँप, चाईनिज गुलाव, समी, मेन्टोगेटा, एभोगाडो, हेमनकस, आरू जस्ता ३५० बढी विरूवा ट्राफिक प्रहरीका अधिकृत तथा जवानहरूले वृक्षारोपण  गरेका थिए।

खबर एक्सप्रेस