आज:  | Tue, 20, Feb, 2024

किस्ता र ब्याज तिर्न सक्दैनौ जग्गा तथा आवास बिकास संघ

२०७७, २८ असार आईतवार २०:४४ मा प्रकाशित ( ३ साल अघि) १३३३१ पाठक संख्या

 सुदिप पौडेल

जग्गा तथा आवास बिकास संघ कास्कीले बैंक तथा बित्तीय संस्थाहरुलाई ब्याज तथा किस्ता तिर्न नसक्ने बताएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी कोरोना भाइरस कोभिड १९ ले गर्दा निर्माणाधिन हाउजिङ्ग र अपार्टमेन्टको काम रोकियको, कित्ताकाट नहुने भएको, निर्माणधिन परियोजनाको काम समेत रोकिएको हुदा किस्ता र ब्याज तिर्न नसक्ने भएको हो ।

 

नेपाल रियल स्टेट क्षेत्रमा बैंक तथा बित्तीय संस्थाको कूल लगानी मध्य १० प्रतिशत भन्दा बढि लगानी भएको यति ठूलो लगानी भएको क्षेत्रले राजस्व, रोजगारी सृजना तथा अर्थतन्त्रलाई चलयमान बनाउन ठूलोे योगदान दिएको तर कित्ताकाट रोकिदा ब्यबसाय चौपट भएको र बैंक बाट लिएको कर्जाको किस्ता र ब्याजको ताकेताले हैरान भएको अध्यक्ष अरुण स्तोमा त्रिपाठीले बताए । ब्यबस्थित बसोबासमा ध्यान नपुर्याएकैले यति बेला बस्तीहरु बाढि,पहिरो र डुबानको चपेटामा परेकोले कडा भूबनौट भएको जमिनमा बस्ती निर्माण गरी उर्वर जमिनमा खेति लगाउने पद्धतिको बिकास गर्न नेपाल सरकार सगँ स्पष्ट भूउपयोग निति नभए को र अब्यबस्थित बसोबास शहरीकरणले समस्या भएको उल्लेख गरेको छ ।विगत ४ बर्ष देखि जग्गाको कित्ता काटमै रोक लगाएर राजस्वमा ठूलो योगदान गर्ने रियल स्टेट ब्यबसायलाई धरापमा पारेकोे बताएको छ ।

जग्गा कित्ता काटमा रोक लगाउदा अपारदर्शी गतिबिधि मौलाउने बताउदै यहि तथ्यलाई मनन् गदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कित्ताकाट सहज बनाउन भूमी ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई १० बुँदे निर्देशन दिएको सो निर्देशन पालना नहुनुमा चलखेल भएको ठहर गरेको छ । रियल स्टेट हाउजिङ्ग र अपार्टमेन्टको लागी निश्चित मापदण्डको आधार कायम गरी कित्ताकाट खुला गर्न माग समेत गरेको छ । आवास बिकास संघ गण्डकी प्रदेशमा ५ अर्ब भन्दा लगानी भएकोमा ३ अर्ब जति बैंक तथा वित्तिय संस्थाको लगानी रहेको र १८० ब्यबसायीहरु रहेका छन् ।

खबर एक्सप्रेस