आज:  | Mon, 15, Apr, 2024

भगवान् राम भारतका हैनन् : प्रधानमन्त्री

२०७७, २९ असार सोमबार २१:५२ मा प्रकाशित ( ३ साल अघि) ११८७४ पाठक संख्या

असार २९, प्रधानमन्त्री केपी ओलीले भारतले नक्कली अयोध्या खडा गरेको र भगवान् राम भारतको नभएको भन्दै अर्को विवादास्पद कुरा ब्यक्त गरेका छन्।

भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नक्कली अयोध्या खडा गरेर भारतले सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाए । नेपाल सांस्कृतिक हिसाबले थिचिएको भन्दै प्रधानमन्त्री ओलीले भगवान रामको राज्य अयोध्या नेपालको वीरगन्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको जिकिर गरे । हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएकाछौं, तथ्यहरूमा अतिक्रमण भएको छ ।

अहिले हामीले सीतालाई भारतका राजकुमार रामलाई दियौं भनीरहेका छौं । भारतलाई दिएका हैनौ अध्योध्यालाई दिएका हौं । अयोध्या वीरगन्जभन्दा अलि पश्चिमपट्टिको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन अहिले त्यो ठाउँमा ठुलो विवाद रहेको बिचार ब्यक्त गरेका छन् ।

खबर एक्सप्रेस