आज:  | Sat, 15, Aug, 2020

पुर्वआइजीपी सर्वेन्द्र विरुद्ध मुद्दा दायर गर्छु : पूर्व कप्तान सागर थापा

२०७७, २९ असार सोमबार २३:३९ मा प्रकाशित ( १ महिना अघि) ५०३७६ पाठक संख्या

नेपाली फुटबलमा ईतिहासमा म्याच फिक्सिङको आरोप लागेर आफ्नो खेल जीवनको महत्वपूर्ण समय गुमाएका खेलाडी सागर थापाले एक टेलीभिजन कार्यक्रममा नियोजित तरिकाले  मुद्दा चलाइएकोमा पुर्वआइजीपी सर्वेन्द्र विरुद्ध मुद्दा दायर गर्ने बताएका छन् ।

मिलेमतोमा म्याच फिक्सिङको आरोपमा राज्यविरुद्धको अपराध गरेको भनी मुद्दा लागेका एकफजियोथेरापिस्ट, एक प्रशिक्षक तथा पूर्व खेलाडी र ४ खेलाडीले सर्वोच्चबाट सफाइ पाएका हुन् । सर्वोच्चले यसअघि विशेष अदालतले गरेको फैसला नै सदर गरेको हो ।

राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाविरुद्ध म्याच फिक्सिङको आरोप लागेको थियो ।

राज्यविरुद्धको अपराधको मुद्दाबाट सफाइ पाएपछि तत्कालीन कप्तान सागर थापाले आफुहरुले नगरेको अपराधबाट सफाइ पाउँछौँ भन्ने त थाहा थियो । भन्दै पुर्वआइजीपी सर्वेन्द्र खनालले आफुहरु माथि गम्भीर दाग लगाएर हामीलाई खेलबाट ६ बर्ष बाहिर राखेकोमा पुर्वआइजीपी सर्वेन्द्र विरुद्ध मुद्दा दायर गर्ने बताए ।

हाम्रो बारे एन्फाले पनि केही सोचेन भन्दै अब त एन्फाले केही सोच्ला कि । हामी अपराधि होइनौँ भन्ने त प्रमाणित भयो अब त्यसको मूल्याकंन कसले गर्ने ? आफुहरुको जीन्दगी नै बर्बाद बनाइयो भन्दै सागरले आक्रोस पोखेका छन् ।

तत्कालीन कप्तान सागर थापा लगाएतलाई यसअघि विशेष अदालतले २०७५ जेठ २४ गते उक्त अभियोगमा निर्दोष रहेको ठहर गर्दै सफाइ दिएको थियो । विशेष अदालतको उक्त फैसलाविरुद्ध सरकारी पक्षले २०७५ मंसिर २० गते पुनरावेदन गरेको थियो । 

खबर एक्सप्रेस