आज:  | Tue, 16, Apr, 2024

जय जीवन, जय किसान: सलमान खान

२०७७, ३० असार मंगलवार २१:४९ मा प्रकाशित ( ३ साल अघि) ३५८३७ पाठक संख्या

बलिउडका चर्चित अभिनेता हुन सलमान खान उनी भारतीय सिनेमा क्षेत्रका यस्ता अभिनेता हुन जसका सबैभन्दा बढि सिनेमाले १०० करोड कमाउन सफल छन् । उनले १९८८ मा बिबी हो तो ऐसी मा अभिनय गरेर फिल्म क्षेत्रमा प्रवेश गरेका थिए । यो फिल्ममा उनले एक सहयोगीको भूमिका खेलेका थिए । उनी बिचबिचमा बिबादमा परिरहने अभिनेता पनि हुन । उनलाई राजस्थान राज्य अदालतले १९९८ मा दुर्लभ एंटीलोपहरुको हत्यामा दोषी ठहर गरेको थियो ।

उनै बलिउड सुपरस्टार सलमान खानले सामाजिक सञ्जालमा दाने, दानेमा लेखिएको हुन्छ खानेहरुको नाम जय जीवन, जय किसान भन्दै हातमा धानको बिउ लिएको तस्विर सार्वजनिक गरेका छन्। 

रोपाई गरिरहेको ठाउँमा हातमा धानको बिउ लिएर खिचेको तस्विर उनले ट्वीटरमा पोष्ट गरेका छन् । अहिले याे तस्विर सामजिक संजालमा निकै भाइरल भएकाे छ ।

खबर एक्सप्रेस