आज:  | Tue, 20, Feb, 2024

प्रधानमन्त्रीको स्वीस बैंकमा खाता छैन

२०७७, ३१ असार बुधबार ०९:५७ मा प्रकाशित ( ३ साल अघि) १२६४९ पाठक संख्या

काठमाडौं, असार ३१, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकको खातामा ५.५ मिलियन अमेरिकी डलर रहेको भन्ने समाचार गलत भएको बताइएको छ ।

प्रधानमन्त्रीका प्रेस सलकार सूर्य थापाले प्रेस नोटमा जारी गर्दै भनेका छन “ग्लोबल वाच एनालाइसिस“को हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैर जिम्मेवारीपूर्ण र बदनियतका साथ गरिरहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ । 

स्वीस बैंकमा खाता ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथा कथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित छ । थापाले प्रेस नोटमा उल्लेख गरेका छन ।

खबर एक्सप्रेस