आज:  | Thu, 22, Feb, 2024

कोरोना बिवरण, असार ३१ गते

२०७७, ३१ असार बुधबार २२:४१ मा प्रकाशित ( ३ साल अघि) १०५७२ पाठक संख्या

काठमाडौं, असार ३१ गते ।

नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ११६ जनामा सङ्क्रण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित ६,११३ जना पुगेको छ। सङ्क्रमितहरु डिस्चार्ज भएर घर फर्कनेको संख्या ११,०२५ पुगेको छ ।

नेपालमा आज सम्मको डाटा :

पिसिआर परिक्षण गरेको २९८,८२९ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा २४,५२७ जना, आईसोलेशनमा ६,११३ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ११,०२५ जना र ३९ जनाको मृत्यु भएको छ ।

आज ६९७ जना निको भएर डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुने ११०२५ पुगेको छ । याे कुल सङ्क्रमित भएर निको भएको सङ्ख्याको ६४.२ प्रतिशत हाे ।

उपत्यकामा सङ्क्रमित : पछिल्लो २४ घण्टामा काठमाडौँमा सङ्क्रमित सङ्ख्या ७ पुगेको छ । काठमाडौँमा  ७ जना,  ललितपुर र भक्तपुरमा काेही पनि सङ्क्रमित भएका छैन । 

एक जनाको मृत्यु

आज थप एकजनाको कोरोना भाइरसको कारणले मृत्यु भएको छ । योसँगै भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । रौतहटका ३६ वर्षीय पुरूषकाे असार ३१ गते साढे २ बजे निधन भएको छ ।

विश्वब्यापी आज सम्मको विवरण :

परीक्षण भएको संख्या २८१,२११,६२७ जना, संक्रमण पुष्टि भएको संख्या १३,५५७,०५६ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या ८,०२६,२८२ जना, बाँकी संक्रमित संख्या ४,९४६,६०४ मृत्यु संख्या ५८४,१७० जनाको मृत्यु भएको छ ।

खबर एक्सप्रेस