आज:  | Tue, 20, Feb, 2024

प्रहरीको एआईजीमा शाही र कार्की बढुवा सिफारिस

२०७७, १ श्रावण बिहीबार १२:४४ मा प्रकाशित ( ३ साल अघि) १०६६५ पाठक संख्या

काठमाडौं, नेपाल प्रहरीमा रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) मा दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस परेका छन् । 

डीआईजी निरज बहादुर शाही र प्रद्युम्न कुमार कार्की एआईजीमा बढुवा सिफारिस भएका हुन् । बढुवा समितिको बुधबार बसेको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो । गृह मन्त्रालयका अनुसार शाही पहिलो नम्बर र कार्की दोस्रो नम्बरमा बढुवा सिफरिस भएका छन् ।

एआईजीको दौडमा रहेका अर्का डीआईजी विश्वराज पोख्रेल भने एआईजी बन्न सकेनन् । 

खबर एक्सप्रेस