आज:  | Mon, 04, Mar, 2024

टिककटलाई कोरियामा १८ करोड जरिवाना छ

२०७७, २ श्रावण शुक्रबार ०९:५८ मा प्रकाशित ( ३ साल अघि) १२६१८ पाठक संख्या

काठमाडौ,साउन २ गते । टिककटमाथि कोरियाले १८ करोड ६० लाख वन जरिवाना छ ।

बालबालिकाका डाटाहरुको गलत प्रयोग गरेको आरोपमा भिडियो शेयरिङ एप टिककटमाथि कोरियाले जरिवाना गरेको छ । प्रयोगकर्ताको गोपनियताका विषयमा बढ्दो चिन्ताका बीच कोरिया कम्युनिकेसन्स कमिसनले भिडियो शेयरिङ एप टिकटकमाथि १८ करोड ६० लाख वन जरिवाना गरेको हो । सो रकम नेपाली रुपैयाँमा गणना गर्दा १ करोड ८५ लाख हुन आउँछ ।

विश्वको सबैभन्दा धेरै टिकटक प्रयोगकर्ता रहेको मुलुक भारतले टिकटकमाथि प्रतिबन्ध लगाएको केही दिनपछि नै दक्षिण कोरियाले जरिवाना गरेपछि टिकटकमाथि विश्वसनीयताको संकट उत्पन्न भएको छ । उता अमेरिकाले समेत टिकटक लगायतका चिनिया सामाजिक सञ्जालहरु प्रतिबन्ध गर्ने संकेत गरिसकेको छ ।

स्मरण रहोस् गत फेब्रुअरीमा टिकटकको पूर्व कम्पनी म्युजिकलीमाथि अमेरिकामा ५७ लाख डलर जरिवाना भएको थियो । बालबालिकाका डाटाहरुको गोपनियताको सुरक्षा नगरेको भन्दै अमेरिकाको संघीय वाणिज्य आयोगले म्युजिकलीमाथि जरिवाना गरेको थियो ।

चिनिया सुरक्षा कानून लागू भएसँगै हङकङबाट बाहिरिने घोषणा टिकटकले गरिसकेको छ । एजेन्सी 

खबर एक्सप्रेस