आज:  | Tue, 20, Feb, 2024

यस्ता पनि मेयर जो चढछन साईकल

२०७७, २ श्रावण शुक्रबार १०:३३ मा प्रकाशित ( ३ साल अघि) १६२१४ पाठक संख्या

नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको लागि सवारी साधान खरिदमा ६० लाख रूपैयाँ बजेट विनियोजन गरेकोमा उनले त्यो रकम प्राविधिक शिक्षालय स्थापना गर्न खर्च गरेका हुन।

बजेटमा रकम छुट्याइएको थियो तर प्रमुखले सवारीसाधन किन्न मान्नुभएन’ कनकाई नगरपालिकाकाकी उपप्रमुख मञ्जु प्रसाईले भनिन त्यसपछि गाडी किन्ने बजेटलाई प्राविधिक शिक्षालय स्थापनामा खर्च गरियो।

कनकाई नगरपालिकाले गाडी खरिदका लागि विनियोजन भइसकेको ६० लाख रूपैयाँमध्ये ३० लाख रूपैयाँ रकम कनकाई पोलिटेक्निक इन्स्टिच्युट स्थापनाका लागि लगानी गरिएको र अरु रकम साइकल लेन र पुल निर्माणमा छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत रुद्र न्यौपानेले जानकारी दिए।

कनकाई नगरपालिका स्थापना हुँदा प्रदेश सरकारले कनकाई नगरपालिकालाई एउटा पुरानो जीप दिएको थियो। अति आवश्यक पर्दा नगरप्रमुख र उपप्रमुखले त्यही गाडी प्रयोग गर्दै आएका छन्। भने नगरप्रमुख पोखरेल कहिलेकाहीँ घरबाट साइकल चढेर नगरपालिका आउँछन् भने नजिकका स्थानमा फिल्डमा जाँदा उनले साइकल प्रयोग गर्ने गरेका छन्। साइकल चढने सस्कार बसोस भनी साइकलको प्रयोग गरेको हुँ उनले भने सानो आम्दानी भएको नगरपालिकाले गाडी खरिदमा लाखौँ खर्च गर्नहुँदैन भन्ने मेरो सोच हो।

खबर एक्सप्रेस