आज:  | Tue, 20, Feb, 2024

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुग्यो

२०७७, २ श्रावण शुक्रबार १०:४० मा प्रकाशित ( ३ साल अघि) १२०९१ पाठक संख्या

जनकपुर, नेपालमा कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको मृत्यु भएपछि नेपालमा मृतक संख्या ४० पुगेको हो ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मधुमेह, उच्च रक्तचाप र मुटु रोगको उपचारका लागि भर्ना भएका वृद्धको अस्पतालको आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा बिहीबार मृत्यु भएको हो ।

खबर एक्सप्रेस