आज:  | Mon, 15, Apr, 2024

कास्कीमा पहिरोमा परी एकै घरका तिन किशोरकिशोरीको मूत्यु

२०७७, २ श्रावण शुक्रबार १२:०७ मा प्रकाशित ( ३ साल अघि) १३६१० पाठक संख्या

पोखरा साउन,२

पहिरोमा परि केहि दिन अगाडि कास्कीमा ७ जानाको मूत्यु भएको थियो फेरी त्यो घटना सेलाउन नपाउदै आर्को अप्रिय घटना घटेको छ । कास्कीको माछापुछ्रे गाँउपालिकाको खोरको मुख्मा पहिरोमा परि एकै घरका तिन किशोरकिशोरिको ज्यान गएको छ ।

गएराति देखि परेको अबिरल वर्षका कारण बिहान साढे पाँच बजे तिर घर भन्दा माथि बाट पहिरो खस्दा पुरिएर मुत्यु भएको हो । पहिरोमा परि १६ बर्षिय कुसल विक, १६ वर्षिय रोजनी विक र १४ वर्षिय समिर विकको मूत्यु भएको प्रहरी जानकारी दिएको छ ।

घरमा ७ जाना सुतिरहेको भएता पनि मुल घर तर्फ सुतेका चारजाना भने शकुसल रहेको प्रहरी जानकारी दिएको छ । मूत्यु हुने तिनजाना मुल घरको छेउको कोठामा सुतेका थिए ।

खबर एक्सप्रेस