आज:  | Mon, 26, Feb, 2024

पर्सा ठोरीमा रहेको सीमास्तम्भ फालियो

२०७७, ४ श्रावण आईतवार ०९:३३ मा प्रकाशित ( ३ साल अघि) १९१५९ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि पर्सा ठोरीमा रहेको भन्ने अभिब्यक्ती दिएपछी नेपाल र भारतमा   एकाएक चर्चामा आयो । मिडियाले प्रमुखताका साथ समाचार सम्प्रेशण गरे । यही बिचमा ठोरीको सीतागुफा नजिकै रहेको सीमास्तम्भ भारतीयले उखेलेर फालिदीएका छन् । सीतागुफा परिसरमा मन्दिर बनाउने तयारी भइरहेकै समयमा यो कार्य भएको हो ।

बिहानसम्म सीमास्तम्भ भएको पुजाआजा सकिएपछी उक्त सिमास्तम्भ एकाएक गायब भएको स्थानियले बताए । सिमास्तम्भ उखेलेर ५-७ मिटर टाढाको दुरीमा फालिएको अवस्थामा भेटिएको ठाेरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठको बताए । भारतीय पक्षले मन्दिर बनाउन नदिन र त्यस क्षेत्रलाई संरक्षण हुनबाट रोक्न विवाद खडा गर्ने गरेको स्थानियले बताएका छन् ।

खबर एक्सप्रेस